सुनसरी / इटहरीमा सामुहिक ब’लत्कार गरेको आरोपमा आठ महिना पछि चार जना पक्राउ परेका छन् ।
इटहरी उपमहानगर- १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर १७ गते प्रहरीमा किटानी जाहेरी परेको थियो ।
पीडित युवतीले दिएको किटानी जाहेरी अनुसार पक्राउ पर्नेमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी घटना भएको ८ महिनापछि पक्राउ गरेको हो ।
छिमेकमा भएको विवाहमा सहभागी भई घर आउने क्रममा धाकधम्की देखाएर सामूहिकरूपमा ब’लात्कार गरेको जाहेरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेकाहरूले घटनाबारे कसैलाई सुनाए परिवारसमेतलाई मारिदिन्छौ भनी त्रास देखाएकाले लामो समयसम्म उजुरी गर्न नआएको पीडितले बताएका छन् ।



