२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घ’टना हुँदा ८ जनाको मृ’त्यु भएको छ, एक जना सामान्य घा’इते भएका छन् ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
मृ’तकको श’व पोखरा ल्याइँदै गरेको उनले बताए । दु’र्घटनाको कारण र मृ’तकको परिचय भने खुलिसकेको छैन ।-/File Photo




