खेल समाचारअनुशासन उल्लंघन गर्ने अर्जेन्टिनालाई फिफाको कारबाही

अनुशासन उल्लंघन गर्ने अर्जेन्टिनालाई फिफाको कारबाही

दोहा: विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ।

क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई जरीवाना गर्ने भएको छ। विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एन्ड सेक्युरिटी’उल्लेख गरेको छ।

डच टिमले अन्तिम समयमा दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए।

अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो।

कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियलमध्ये एक थिए। एकै खेलमा पाँच पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो।

नेदरल्यान्ड्सलाई पनि जरीवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। दुवै टिमलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img