देशबागमती प्रदेशमकवानपुरमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला

मकवानपुरमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला

हेटौंडाः मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरेमा महिलाको शव फेला परेको छ ।

शनिबार साँझ ७ः३० बजे सोही ठाउँका अन्दाजी ३५ वर्षीय वीरबहादुर वाईबाकी श्रीमती सरस्वती वाईबाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

श्रीमान बिर बहादुर वाईबाले शुक्रबार श्रीमति हराएको भनि फोटोसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । श्रीमान बिर बहादुरले खोजी गर्दै जाने क्रममा ठुलोकान्छा वाईबाको घरबाट ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा श्रीमतिको शव भेटेका थिए । प्रहरी चौकी सिस्नेरीमा खबर गरे पश्चात् प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img