राजनीतिरास्वपा: पार्टी एउटा, विचार नौथरी !

रास्वपा: पार्टी एउटा, विचार नौथरी !

काठमाडौं- निर्वाचन हुनुभन्दा ३ महिनाअघि बिचार, मार्ग निर्देशक सिद्धान्त कुनै कुराको टुङ्गो नलगाई राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । विभिन्न पेसा, व्यवसायका क्षेत्रबाट आएका व्यक्तिहरूको समूह रहेको सो दलको हालसम्म स्पष्ट बिचार, सिद्धान्त रहेको छैन । खासगरी देशको शासकीय संरचना, आफ्नो मौलिक राष्ट्रिय एजेण्डा लगायतका विषयमा यो दलमा ‘कन्फ्युजन’ रहेको आम बुझाई रहेको छ । पार्टीका सभापति लामिछाने संघीयताको आवश्यक नरहेको बताउँछन् भने पार्टीभित्रका संघीयताको पक्षपातीहरू पनि रहेका छन् । कोही पत्रकारिता, कोही चिकित्सक, कोही राजावादी, कोही कम्युनिस्ट, कोही कांग्रेस, कोही चलचित्रकर्मी विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू सांसद बनेका छन् । 

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँँडे पार्टीले संघीयतालाई स्वीकार गरेको तर सुधारिएको संघीयता हुनुपर्ने पार्टीको धारणा रहेको रातोपाटीलाई बताए । उनले यसो भने पनि गत निर्वाचनमा संघीयता आवश्यक नरहेकोले प्रदेशमा उम्मेदवारी नदिएको सो दलका सभापति रवि लामिछानेले सार्वजनिक रूपमा बताएका थिए । 

पार्टीमा रहेका पदाधिकारीदेखि नवनिर्वाचित सांसदहरू विभिन्न पृष्ठभूमिबाट आएका छन् । नवनिर्वाचित सांसदहरू मध्ये समानुपातिक सांसद बनेका सन्तोष परियार एमाले पृष्ठभूमिका व्यक्ति हुन् । कुनै बेला एमाले नेता महेश बस्नेतको विश्वासपात्र रहेका उनी एमाले छोडेर रास्वपामा लागेका थिए । समानुपातिक सांसद बनेकी विनिता कठायत राजावादी पृष्ठभूमिकी व्यक्ति हुन जो रवि लामिछाने ग्यालेक्सी टिभीमा काम गर्दा प्रशासन शाखामा काम गर्थिन । यस्तै तोशिमा कार्की, डोलप्रसाद अर्याल र चन्दा कार्की चिकित्सक हुन् । समानुपातिक सांसद सुमना श्रेष्ठ महिला अधिकारवादी हुन भने असिम शाह चलचित्र क्षेत्रका व्यक्ति हुन् । यस्तै रवि लामिछाने, सोविता गौतम र निशा डाँगी पूर्व सञ्चारकर्मी हुन् । 

विभिन्न पेसा, व्यवसाय र फरक फरक पृष्ठभूमिबाट एक ठाउँमा आइपुगेका उनीहरूले पार्टीको कुनै ठोस बिचार र सिद्धान्त नभएका कारण सार्वजनिक कार्यक्रममा आफू अनुकूलको विचार, धारण सिद्धान्त व्यक्त गर्दै आएका छन् । 

सरकारमा जाने वा नजाने भन्नेमा पनि यो दलले हालसम्म पार्टीको आधिकारिक विचार सार्वजनिक गर्न सकेको छैन । तर बिचार मिल्ने, धारणा मिल्ने खालको सरकार बन्ने अवस्थामा पार्टी सरकारमा जाने सो दलका केन्द्रीय सदस्य अरनिकोले बताए । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img