देशकोशी प्रदेशइटहरी अस्पतालमा काम गर्ने शैली फेरिएपछि उपचार सहज, रेफर होइन अब...

इटहरी अस्पतालमा काम गर्ने शैली फेरिएपछि उपचार सहज, रेफर होइन अब उपचार हुने

सुनसरी / इटहरी अस्पतालमामा वितेको पाँच बर्षमा सबै भन्दा धेरै चर्चा र खोजी भएको विषय हो सुविधा सम्पन्न अस्पताल हुनु पर्ने माग ।

सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले काम गर्ने शैलीमा परिवर्तन गरेको छ । ठुला कुरा होईन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेको इटहरीका मेयर हेमकर्ण पौडेल बताउनु भयो ।

इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ । १ बर्ष अघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ ।

दुई ठुला शहरको वीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य, भन्दै अस्पताल बनाउन सबैको माग थियो ।

यो पाँच बर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो । तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिती पनि बन्यो । तर न जग्गा भेटियो, न त अस्पताल बन्यो ।बरु तत्कालिन मेयरले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद भयो ।

एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनु पर्दथ्यो । इटहरी अस्पतालमा डाक्टर नहुँदा विरामीलाई रेफर दिँदै पठाउनु पर्दथ्यो सो काम इटहरीका अरू अस्पतालमामा पनि हुने गरेको छ ।

तर अहिले इटहरी अस्पतालले केही समय अघि देखि नै २४ सै घण्टा इमजेन्सी सेवा दिईरहेको छ । १५ बेडबाट इमरजेन्सी सेवा दिईरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा विरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरिक्षक दामोदर गौतमले बताए ।

अहिले मेसिन जडानको काम भईरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भईरहेको छ । इटहरी अस्पतालको अर्को ठुलो समस्या हो, औषधी अभाव । नेपाल सरकारले ७० प्रकारका आषौधीहरु निःशुल्क उपलब्ध गराउने गरेको छ ।

औषधीको अभाव हटाउन इटहरी उपमहानगरले अहिले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रकृया सुरु गरेको छ । औषधी खरिदका लागि बजेट विनियोजन भई टेण्डर पनि आह्वान भएर स्विकृत भएको भईसकेको छ । अब चाँडै नै इटहरी अस्पतालमा प्रयाप्त औषधीहरु उपलब्ध हुने अस्पतालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img