देशकोशी प्रदेशझापाको चारआली जंगलमा भेटिएको शवको पहिचान खुल्यो

झापाको चारआली जंगलमा भेटिएको शवको पहिचान खुल्यो

सुनसरी / झापाको चारआली जंगलमा भेटिएको शवको पहिचान खुलेको छ । पहिचान खुल्नेमा मेचीनगर- १३ स्थित जंगलमा अर्जुनधारा ११ मूल घर भएका अन्दाजी ४५ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु इङ्नाम लिम्बूको शव रहेको छ ।

दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले बताए । पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गरिएको छ ।

दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो। मृतकका दाजुले शवको पहिचान गरेका थिए। कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। दुवै जनाले सँगै आत्महत्या गरेका हुन् वा अन्य कुनै कारण हो अहिले नै भन्न सकिने अवस्था रहेको छैन । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल र रस्सी फेला पारेको छ ।

इङ्नाम दम्पत्ति करिब १० दिनदेखि बेपत्ता रहेको जनाइएको छ । इङ्नाम दम्पत्ति मेचीनगर १२ मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए । मूल घरबाट उनीहरुले अंश लिइसकेका थिए । सन्जुको पहिलाको श्रीमानपट्टि सन्तान रहेको तर, नेत्रकुमारसंग सन्तान भने छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img