मौसमशनिबार देशका तीन प्रदेशमा पानी पर्ने सम्भावना

शनिबार देशका तीन प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं : शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img