देशकोशी प्रदेशझापामा घाँस काट्न गएका जेठाजूको ह'त्या आरोपमा बुहारी पक्राउ
spot_img

झापामा घाँस काट्न गएका जेठाजूको ह’त्या आरोपमा बुहारी पक्राउ

सुनसरी / झापाको शिबसताक्षी नगरपालिका- १० टेक्रामा मृत अवस्थामा फेला परेका एक पुरुषको शव ह’त्या भएको खुल्न आएको छ ।

कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा गत बिहीबार कनकाई नगरपालिका- ४ मा बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा जेठाजुको ह’त्या उनकै भाईबुहारी रनमाया बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । बाँस्तोला कनकाई- ४ स्थित इलुवाबारीमा भाईबुहारीको घर बस्दै आएका थिए । डिप्रेशनको विमारी उनी उपचारका लागि आसामबाट भाइबुहारीको घर आएका थिए ।

उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटरको दुरीमा रहेको र उनीहरुसँगै घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा जेठाजूले जवरजस्तीकरणी गर्ने प्रयास गरेपछि आफूले प्रतिकार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थियाे । प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ । पक्राउ परेकी महिलाले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img