देशकोशी प्रदेशताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने
spot_img

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुनसरी / ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ ।

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न र धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले सार्वजनिक सूचना आह्वान गरेको छ ।अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ ।

ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img