सुनसरी / नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
आज आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका छन् ।
यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन् ।



