काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसान र प्रेम आले पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।
एकीकृत समाजवादीले सरकारमा नजाने निर्णय गरेको छ । तर, सोही पार्टीका सांसदहरू किसान श्रेष्ठ र प्रेम आले भने राष्ट्रपति कार्यालय पुगेका छन् ।
एकीकृत समाजवादीको बैठकले एमालेसँग गठबन्धन नगर्ने निर्णय गरे पनि श्रेष्ठ र आलेको राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेस गरिसकेका छन्।



