समाजदसैंमा मासुकाे परिकार कसरी बनाउने ? हेर्नुस् मासु बनाउने तरीका

दसैंमा मासुकाे परिकार कसरी बनाउने ? हेर्नुस् मासु बनाउने तरीका

एउटा खसीको सबै आन्द्रा भुँडी बेसार सानो चम्चाको दुई चम्चा डसुकेको खुर्सानीको धुलो एक चम्चा, तेल चार चम्चा, जिराको धुलो एक चम्चा, जिराको दाना एक चिम्टी, धनियाँको धुलो एक चम्चा, लसुनको लेदो एक चम्चा, अदुवाको लेदो एक चम्चा, नुन स्वादअनुसार ।

पकाउने विधि 

सबैभन्दा पहिले खसीको आन्द्राभुँडीलाई राम्रोसँग सफा गरेर एक चम्चा बेसार हालेर पाक्ने गरी उसिन्ने । त्यसपछि चिसो पानीले पखालेर ससाना टुक्रामा काट्ने । प्यानमा तेल तताएर जिराको दाना फुराउने र आन्द्राभुँडीका टुक्रालाई राम्रोसँग भुट्ने । पाँच मिनेट भुटेर त्यसमा नुन मसला राखी आन्द्राभुँडी पड्किने गरी भुट्ने । आन्द्राभुँडी खैरो हुन थालेपछि पाकेको सम्झनुपर्छ । यसलाई तातै खाँदा वास्तविक स्वाद लिन सकिन्छ ।यो पनि हेर्नुस्

दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो । जुन अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो । मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो ।  दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img