आज भोलि गाउँ मेरो गाउँ जस्तो छैन
कस्तो उजाड गाउँ हाम्रो ठाउँमा जस्तै छैन ।
गाउँमा फल्ने सखरखण्ड , तरूल भेटिदैन
गुन्द्रुक भट्मास खाजा पनि कतै पाइदैन ।।
चार्डवाड जात्रामात्रा कतै रोदी घन्कदैन
मेरो गाउँ किन होला , आफ्नो गाउँ जस्तै छैन ।
रूपै फुङ्ग उजाड देख्छु सबै मान्छे भिन्न केले
कस्तो रोग लाग्यौं गाउँमा जताततै शून्य ।।
तिनै मान्छे उही गाउँ किन यस्तो भिन्न
लैनौ गाई लडे जस्तै कठै , गाउँ लड्यो भाइभाइ लड्दा लड्दै कठै देश ढल्यौ ।।
लेखक : दन्दिप तिमिल्सिना



