देशकोशी प्रदेशत्रियुगामा बाख्रालाई घाँस काट्न जाँदा लडेर ५५ वर्षीय पुरुषको मृत्यु

त्रियुगामा बाख्रालाई घाँस काट्न जाँदा लडेर ५५ वर्षीय पुरुषको मृत्यु

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिक खाँबु बरुवामा बाख्रालाई घाँस काट्न गएका ५५ वर्षीय दलबहादुर राईको लडेर मृत्यु भएको हो ।

हिजो बिहान घरनजिकै घोत्लीको घाँस काट्न रुख चढेका राई अकस्मात लडेर घाइते भएका थिए । बाँया नली खुट्टा र टाउकोमा गम्भीर चोट लागेका उनलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएको थियो ।

दिउँसो १ बजे अस्पताल ल्याइपुर्याएपनि राईको उपचारकै क्रममा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img