देशकोशी प्रदेशखोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि

खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि

सुनसरी / खोटाङमा विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा र्‍हास आएको जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा चार वर्ष पछि सुन्तला उत्पादनमा बृद्धि भएको छ ।

७४२ हेक्टरमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

राम्रो मौसम तथा रोगकिराको न्यून क्षतीले गर्दा हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा बृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका- ५ चिसापानीका स्थानीयहरूले बताए । खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।

जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, बिराटनगर लगायतका शहरमा पुग्ने गरेको छ । गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img