देशकोशी प्रदेशधनकुटाको भेडेटारमा फुड फेस्टिबल आजबाट सुरु

धनकुटाको भेडेटारमा फुड फेस्टिबल आजबाट सुरु

सुनसरी / पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको धनकुटाको भेडेटारमा फूड फेस्टिवल कार्यक्रम शुरू भएको छ ।

भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आज पुस १६ गतेदेखि १८ गते सोमबार सम्म दशौँ फुड फेष्टिबल आयोजना गरिएको छ। ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले १० अौँ महोत्सव आयोजना गर्न लागेको हो ।

औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्द्धनका रुपमा समेत लिइएको छ ।

महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, स्थानीय तथा जातीय खानेकुराका परिकार, भेडेटार हेलिटुर, जिपलाइन तथा पाराग्लाइडिङ ,दौरान कृषि प्रदर्शनी समेत मुख्य आकर्षण रहने आयोजक होटल एसोसियसन अफ भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन लिम्बूले बताउनु भयो ।

भेडेटारमा हरेक अंग्रजी नयाँ वर्षमा फेष्टिबलको आयोजना हुँदै आएकोमा विगत केही वर्ष भने कोरोना महामारीका कारण हुन सकेको थिए । तर, गत वर्षबाट फेरि सुचारु भएको छ ।

कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्न अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको र सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

पाथीभरा मन्दिर, भेडेटार बजार, शङ्ख पार्क , स्थानीय खानेकुरा, जिपलाइन ,नमस्ते झरना जस्ता पर्यटन स्थानको प्रवद्धन गर्ने उदेश्य रहेको छ । भेडेटारबाट मौसम सफा हुँदा धरान देखिने गर्छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img