(अपडेट) । मुगुमा बस दुर्घ’टना मृ’त्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घट’नास्थलमै र ४ जनाको उ’द्धार गरी ताल्चा विमानस्थल पु’र्याउने क्रम्मा मृ’त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । घा’इते भएका १४ जनालाई उ’पचारका लागि नेपालगञ्ज लगिएको छ ।
४० जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र श’व पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।
मृतकको श’व जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पो’स्टमा’र्टम गरिने प्रहरीले जनाएको छ ।



