देशकर्णाली प्रदेशज्यान गु'माउनेको संख्या २८ पुग्यो,१५ जनालाई उ'पचारका लागि नेपालगञ्ज लगियो

ज्यान गु’माउनेको संख्या २८ पुग्यो,१५ जनालाई उ’पचारका लागि नेपालगञ्ज लगियो

मुगु दुर्घटना अपडेट । दशैं मनाउँन घर फर्केकाहरु मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घ’टनामा पर्दा ज्या’न गु’माउनेको संख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गम्भीर घाइते १५ जनाको उद्दार गरि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।

नेपालगन्जबाट मुगुका लागि आएको बस छाँयानाथ रारा गाउँपालिका– ७ मा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ ९झ्यारीखोला० मा भे १ ख ६७ नम्बरको बस दुर्घ’टना भएको सो दुर्घ’टनामा पर्दा प्राप्त पछिल्लो जानकारी अनुसार २८ जनाको मृ’त्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घा’इते भएको मुगु प्रहरीले जनाएको छ ।

बसमा ४३ यात्रु सवार रहेको धुञ्ची स्थित नेपाली सेनाले जनाएपनि स्थानीयवासीले बसमा ६० भन्दा बढी सवार रहेको दावी गरेका छन् । सडक भिरालो भएको र बस सडकबाट साढे दुई सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले दुर्घ’टना परि घा’इते भएकाहरुको यथाशीघ्र उद्धार गर्न निर्देशन दिनु भएको छ ।बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । यसैबीच दुर्घ’टनामा घाइते भएका १५ जनालाई दुईवटा हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घा’इतेहरुको उद्दारमा समिट एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । घा’इते अधिकांशको अवस्था गम्भीर रहेको छ । घाइते एकजनाको भने मुगुको स्थानीय अस्पतालमा उ’पचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img