देशकोशी प्रदेशकोसीमा एक किशोरको ह'त्या

कोसीमा एक किशोरको ह’त्या

सुनसरी / सुनसरीको कोसी गाउँपालिका- २ पश्चिम कुशाहामा एक किशोरको ह’त्या भएको छ।

कोसी-२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको इलाका प्रहरी कार्यलय कोसीले जनाएको छ । किशोरको शव हिजो बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो।

उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए भने उनी घरबाट लौकही गएको र हराएका थिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।

शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img