काठमाडौं । प्रहरीले श्रम कार्यालय र यातायात कार्यालयबाट २५ जनाभन्दा बढी बिचौलिया पक्राउ गरेको छ । सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर दुःख दिने बिचौलियालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
“श्रम कार्यालय र यातायात कार्यालयहरुमा सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरु पक्राउ गरेका छौँ । अहिले फिल्डमा काम भइरहेको छ । केही बेरमा विस्तृत विवरण आउनेछ,” एसपी मैनालीले भने ।
उनीहरुमाथि अनुसन्धान गरी थप कारबाही गरिने प्रहरीले जनाएको छ ।



