सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेशसभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९-०९-२४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युुबाट आह्वान भएको छ ।’
पुस २ गते निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको थियो ।



