समाजआफैंले कन्ट्रोल गरेको विमानमा सरुले गुमाइन् सपरिवार…

आफैंले कन्ट्रोल गरेको विमानमा सरुले गुमाइन् सपरिवार…

काठमाडौं। आइतबार पनि सधैं जस्तो सरु त्रिभुवन विमानस्थलस्थित (एयर ट्राफिक कन्ट्रोल) एटिसीमा ड्युटीमा गएकी थिइन् । तर, आज उनी श्रीमान्सहित छोराछोरी र सासुलाई हजुरामाको चौरासी पूजामा पठाउनका लागि आन्तरिकतर्फको भित्रैसम्म पुगिन् ।

आफू एटिसी अधिकृतका रुपमा कार्यरत रहेकोले सरुलाई भित्रैसम्म जानलाई कुनै रोकावट भएन । श्रीमान्सहित छोरा, छोरी र सासुलाई विमानसम्मै पुर्याएर उनी ड्युटीमा लागिन् । तर, अफशोच उनले आफ्ना चार ‘मुटु’ हरुलाई छाडेर आएको विमान केहीबेरमा दुर्घटनामा परेको उनैले थाहा पाइन् । सञ्चारमाध्यममा आउनुभन्दा अगाडि नै विमानस्थलकै एटिसी कन्ट्रोलरुममा रहेकी सरुको विमान दुर्घटना भएको आफैंले यकिन गरिसकेपछि बेहोस् भईन् ।

उनी होस आउँदा विमानमा आगो लागेको दृश्य यत्र-तत्र सार्वजनिक भइसकेको थियो । त्यो विमान त्यही थियो, केही मिनेट अगाडि आफ्ना दुई सन्तानसहित श्रीमान् र सासुलाई चढाएर पठाएको । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड) मा कार्यरत थिए ।

पर्वतको विहादी गाउँपालिका–५ की जमुना ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्।

गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

श्रीमान् युवराज, सासु जमुना, छोरी आयुर्दी र छोरा बेवीनसहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ मध्ये ६८ जनाको शव भेटिइसकेको अवस्था छ ।

अझै चार जना बच्चाहरुको अवस्थाबारे अज्ञात नै रहेको खबर आइरहेको छ । उद्धारकर्मीहरु खोजीमा जुटेका छन् ।

अस्पतालमा भेला पारिएका शवहरुलाई पहिचान गर्ने काम सुरु भइसकेको छ । उता सरु भने अर्धचेत अवस्थामै छिन् । जहाँबसेर सम्पूर्ण विमानहरूको अवस्था बारे ज्ञान हुने गर्छ, त्यहीँ ड्युटीमा रहेकी सरूले आफ्नो परिवार चढेको विमानको अवस्था थाहा पाइन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img