Monday, January 13, 2025
समाजआफैंले कन्ट्रोल गरेको विमानमा सरुले गुमाइन् सपरिवार…

आफैंले कन्ट्रोल गरेको विमानमा सरुले गुमाइन् सपरिवार…

काठमाडौं। आइतबार पनि सधैं जस्तो सरु त्रिभुवन विमानस्थलस्थित (एयर ट्राफिक कन्ट्रोल) एटिसीमा ड्युटीमा गएकी थिइन् । तर, आज उनी श्रीमान्सहित छोराछोरी र सासुलाई हजुरामाको चौरासी पूजामा पठाउनका लागि आन्तरिकतर्फको भित्रैसम्म पुगिन् ।

आफू एटिसी अधिकृतका रुपमा कार्यरत रहेकोले सरुलाई भित्रैसम्म जानलाई कुनै रोकावट भएन । श्रीमान्सहित छोरा, छोरी र सासुलाई विमानसम्मै पुर्याएर उनी ड्युटीमा लागिन् । तर, अफशोच उनले आफ्ना चार ‘मुटु’ हरुलाई छाडेर आएको विमान केहीबेरमा दुर्घटनामा परेको उनैले थाहा पाइन् । सञ्चारमाध्यममा आउनुभन्दा अगाडि नै विमानस्थलकै एटिसी कन्ट्रोलरुममा रहेकी सरुको विमान दुर्घटना भएको आफैंले यकिन गरिसकेपछि बेहोस् भईन् ।

उनी होस आउँदा विमानमा आगो लागेको दृश्य यत्र-तत्र सार्वजनिक भइसकेको थियो । त्यो विमान त्यही थियो, केही मिनेट अगाडि आफ्ना दुई सन्तानसहित श्रीमान् र सासुलाई चढाएर पठाएको । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड) मा कार्यरत थिए ।

पर्वतको विहादी गाउँपालिका–५ की जमुना ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्।

गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

श्रीमान् युवराज, सासु जमुना, छोरी आयुर्दी र छोरा बेवीनसहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ मध्ये ६८ जनाको शव भेटिइसकेको अवस्था छ ।

अझै चार जना बच्चाहरुको अवस्थाबारे अज्ञात नै रहेको खबर आइरहेको छ । उद्धारकर्मीहरु खोजीमा जुटेका छन् ।

अस्पतालमा भेला पारिएका शवहरुलाई पहिचान गर्ने काम सुरु भइसकेको छ । उता सरु भने अर्धचेत अवस्थामै छिन् । जहाँबसेर सम्पूर्ण विमानहरूको अवस्था बारे ज्ञान हुने गर्छ, त्यहीँ ड्युटीमा रहेकी सरूले आफ्नो परिवार चढेको विमानको अवस्था थाहा पाइन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img