समाजवर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैनः श्रममन्त्री अर्याल

वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैनः श्रममन्त्री अर्याल

काठमाडौँ – श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए ।

उनले बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने बताए ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए ।

उनले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गरे । विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने उनले बताए ।

त्यस्तै श्रमसचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले नेपालको वैदेशिक रोजगारी खाडी मुलुकमा मात्रै केन्द्रित भएको बताए । वैदेशिक रोजगार ऐन २०६४ को कारणले श्रमिकहरुले दुःख भोग्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले नेपालले एक सय जना श्रमिक विदेश पठाउनैपर्ने विश्वमा कही नभए पनि नेपालको कानूनमा रहेको भन्दै वैदेशिक रोजगार ऐन तत्काल सुधार गर्नुपर्ने बताए ।

सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तयारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img