समाजदशैंका लागि पोखरामा दुई रुपैंयाँमै चिया

दशैंका लागि पोखरामा दुई रुपैंयाँमै चिया

पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्ताेमा चिया बेच्न थालेकाे छ।साे पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेकाे हाे। तर चियाका लागि भने दुई रुपैंयाँकाे नोट नै चाहिने पसलले जनाएकाे छ।

सिक्कालाई भने मान्यता नदिने जनाइएकाे छ। चिया बेच्नका लागि ल्याइएको याे अफरमा ग्राहककाे रूची देखिए पनि दुई रुपैंयाँकाे नाेट पाउन भने मुस्किल देखिएकाे छ। यो पनि हेर्नुस्

देशका धेरै ठाउँमा अबको एक/दुई दिन पानी पर्ने मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने  सम्भावना छ ।भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

आज प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।भोलि भने प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने र कर्णाली प्रदेशका केही ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् कँडेलले बताउनुभयो ।

उहाँका अनुसार केही ठाउँमा भोलिदेखि केही दिन मेघ गर्जन चट्याङ्ग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ। हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ । मौसमविद्ले यो समयमा खेतिपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img