समाजभोलि सार्वजनिक विदा छैन, भ्रममा नपर्नुहोला

भोलि सार्वजनिक विदा छैन, भ्रममा नपर्नुहोला

काठमाडौं । भोलि सोमबार सार्वजनिक विदा भन्दै सामाजिक संजालभर समाचार आईरहेका छन् ।

त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ। शहिद दिवसका दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो ।

गृह मन्त्रालयले जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन सार्वजनिक विदा हुने उल्लेख गरेको छैन । सोमबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारीलाई सोध्यौं – शहिद दिवसका अर्थात भोली सरकारी विदा छ कि छैन ?

अधिकारीले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन् र भोलि सार्वजनिक विदा दिने बारे केही निर्णय भएको छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img