- बुधबार राति काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको काठमाडौंस्थित बुद्दनगरको घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु, सांसद भण्डारी गम्भीर घाइते
- ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लाागि भारतको मुम्बई लगियो, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार हुने ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घण्टा वान टू वान वार्ता, दुवै नेताले अडान नछोड्दा राष्ट्रपतिमा जुटेन सहमति ।
- प्रतिनिधि सभा नियमावली मस्यौदा पारित, महाअभियोग प्रस्तावमाथिको कारबाही प्रतिनिधिसभाले बढीमा पाँच महिनाभित्रै टुंगो लगाइसक्नुपर्ने समय अभावले नटुंगिए नयाँ संसद्ले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा ग्यास सिलिण्डर विष्फोटमा मृत्यु भएकी काँग्रेस सांसद चन्द्र भण्डारीप्रति श्रद्दाञ्जली व्यक्त, गम्भीर घाइते सांसद भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना ।
- भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको प्रतिलिटर १ रुपैयाँ ९७ पैसा, डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आयो ।
- जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने, विधान अधिवेशनको तयारी, लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने ।
- चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन १९ गते विद्यार्थी संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध, फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने
- निर्वाचन खर्च नबुझाउने उमेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतको निर्वाचन आयोगलाई आदेश, संवैधानिक र प्रक्रियागत त्रुटिको प्रश्न उठेको जिकिर ।
- नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा विदुर नगरपालिका–३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिला, महिलाको पहिचान खुल्न बाँकी ।
यो पनि