Sunday, January 19, 2025
देशकोशी प्रदेशबराहक्षेत्रमा मामाले भान्जीलाई ब'लात्कार गरेको आरोपमा पक्राउ

बराहक्षेत्रमा मामाले भान्जीलाई ब’लात्कार गरेको आरोपमा पक्राउ

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा मामाले भान्जीलाई ब’लात्कार गरेको आरोपमा मामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नातामा भान्जी पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० घर भएका दर्नाल थरका १९ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

आरोपी दर्नालले गत माघ २३ गते राति किशोरीलाई ललाई फकाई गरी आफ्नो घरमा लगेर करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । बालिकाकी आमाले दर्नालविरुद्ध जाहेरी दिएसँगै उनलाई पक्राउ गरिएको हो ।

उनलाई गत माघ २६ गते सप्तरीको कञ्चनपुरबाट इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा उनलाई माघ २६ गते पक्राउ गरेपनि प्रहरीले घटना पछि मात्रै सार्वजनिक गरेको हो । आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img