देशगण्डकी प्रदेशकोदालो प्रहार गरी श्रीमतीको ह'त्या

कोदालो प्रहार गरी श्रीमतीको ह’त्या

ढोरपाटन : बागलुङमा श्रीमान्ले श्रीमतीको ह’त्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको ह’त्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आ’त्मह’त्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।

दुई वर्षे छोरीको ह’त्या गर्ने बुबा पक्राउ

जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा दुई वर्षकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ ।

बालिकाकी आमा नभएको मौकामा छोरीको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । मियाँले मादक पदार्थ तथा लागुऔषध सेवा गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ । प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ । आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img