देशकोशी प्रदेशबाढीका कारण सुनसरीमा २० हेक्टर भन्दा बढि धानबालीमा क्षति

बाढीका कारण सुनसरीमा २० हेक्टर भन्दा बढि धानबालीमा क्षति

सुनसरी : आइतबार बाट नेपालको विभिन्न ठाउँमा आएको पानी र वर्षा सगैँ आएको बाढीको कारणले सुनसरीमा २० हेक्टर भन्दा बढि क्षति भयको छ ।

इटहरी १ , इटहरी २ ,सुनसरी सदरमुकाम इनरुवा ,धरान, रामधुनि, दुहवी, बराहक्षेत्र , नरसिंह , वर्जु, कोशी , देवानगञ्ज , भोक्राहा र इटहरीका विभिन्न वडा लगाएतका ठाउँमा लगाएको धानबालि सहित तरकारि खेति बालीमा पनि ठूलो क्षती गरेको छ ।

सुनसरी जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ । सुनसरी जिल्लामा मुख्यरूपमा , धानखेति , माछापालन , तरकारी खेतिमा पनि बाढीले क्षति गरेको छ ।

कार्तिके बोडि , लहरे तरकारी , केरा , उखु ,काउलि सहित ३ हजार भन्दा बढि क्षेत्र डुबानमा रहेको हो । इटहरी , रामधुनि , बराहक्षेत्रमा रहेका तरकारी खेतिमा पनि क्षति गरेको कूषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img