जीवनशैलीस्वास्थ्य रहन चाहानुहुन्छ भने घरमै छ औषधीहरु

स्वास्थ्य रहन चाहानुहुन्छ भने घरमै छ औषधीहरु

हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ ।बेसार, अदुवा, टिमुर, लसुन, प्याज, ज्वानो, जिरा, मेथी, नुन लगायतका औषधिय गुणले भरिपूर्ण हुन्छन् ।
ती के के हुन त तल प्रस्तुत छन् :-

बेसार:-यसमा पाइने रासायनिक तत्व करक्यूमिन एन्टिअक्सिडेन्ट, एन्टीइन्फलामेशन ९सुजन हुनबाट रोक्न० को लागि प्रभावकारी मानिएको छ । बेसारले शरीरको कोषको आकारलाई बढ्न नदिने र उक्त कोषहरु अर्को अङ्गमा फैलिने नदिने क्यान्सरविरुद्ध प्रभावकारी काम गर्दछ ।आयुर्वेद चिकित्सामा छालाको रोगहरुमा बाहृय एवं आन्तरिक प्रयोगको लागि ज्यादै प्रभावकारी मानिएको छ । रक्तनलीभित्र जम्ने बोसो ९कोलेस्ट्रोल० कम गर्न प्रभावकारी देखिएको छ ।

अदुवा:-यसमा पाइने जिङ्गीवारिन र विसावोलिन रासायनिक तत्वले मुट एवं रक्तनलीमा जम्मा भएको बोसायुक्त तत्वलाई – कोलेस्ट्रोल० पगाल्न मदत गर्छ । रक्त रञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिङ्गटा र खाद्य विषाक्तमा प्रभावकारी मानिएको छ ।

टिमुर:-यसका विभिन्न जातिहरु भए तापनि अरमेटम जाति नेपालमा पाइन्छ । दाँतको दुखाई कम गर्न प्रयोग गरिन्छ । दाँत, मुख र घाँटीको संक्रमण एवं दुखाइमा प्रभावकारी छ । बजारमा पाइने जडिबुटीबाट निर्मित दन्तमन्जनहरुमा टिमुरको समिश्रण पाइन्छ ।आयुर्वेद चिकित्सामा रस बनाएर दाँत र घाँटी कुल्ला गर्ने सल्लाह दिइन्छ । लिनालोल, लाइमोनिनलगायत अन्य रासायनिक तत्व यसमा भएकोले संक्रमण नाश गर्न र पीडा कम गर्न महत्वपूर्ण भूमिका खैल्छन् ।

मेथी:-यसमा पाइने डाइसोजेनिन रसायनले आमाशयको घाउ हुनबाट जोगाउने भएकोले आयुर्वेद चिकित्सकहरुले अम्लपित्त एवं पेट फुलेको पनि निको हुने भन्ने कुरा रहेको छ ।

प्रयोग विधिः
(१)सामान्य परिस्थितिमा ३ देखि ५ ग्राम शुद्ध बेसार खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ । जबकी मृगौला एवं पित्त थैलीको पत्थरी हुनेहरुले बेसार प्रयोग गर्नुहुँदैन किनकि यसमा अत्यधिकमात्रामा क्याल्सियम रहेको हुन्छ

(२) जोर्नी, श्वास प्रश्वास एवं पाचन अङ्गहरुको समस्याहरुमा दिनमा दुुईपटक २ देखि ३ ग्राम अदुवाको प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । तर मुटु रोगीहरु तथा पित्त थैली एवं मृगौलाको पत्थरी भएको अवस्थामा भने अदुवाको प्रयोग गनु हुँदैन ।

(३) टिमुरको तेलको प्रयोग दाँत तथा बाहय पीडा कम गर्न प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । त्यस्तै, मुख सुख्खा भएमा एक दुईवटा टिमुरको दाना दिनमा तीनदेखि चार पटकसम्म चुस्न सल्लाह दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img