फिचरएमसीसी पास गर्नु पर्ने प्रधानमन्त्री देउवाको धारण

एमसीसी पास गर्नु पर्ने प्रधानमन्त्री देउवाको धारण

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फ नेपालमा आउने रकम अनुदानको भएकोले उक्त रकम लिने पर्ने बताएका छन् । एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत नै भएकाले एमसीसी पास गर्नु पर्ने धारण देउवाल राख्नु भयो ।

केही दिन पहिला आएको वर्षाका कारण बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।प्रधान मन्त्री देउवाले एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ । उनले भने ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’ अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, बिजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img