विराटनगर : नेपालमा गत आइतबार बाट लगातार परेको पानि र अविरल बर्षाका कारण विभिन्न ठाउँमा क्षति भयो । त्यस्तै विराटनगर रहेको विमानस्थलमा पनि डुबान भए पछि शनिबार अघि सुचारु हुन नसक्ने भएको छ ।
बाढी पसे पछि आइतबार बाट विमान उडान स्तगित भयको थियो । गत मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द भएको थियो ।
विराटनगर विमानस्थलको रनवेमा जमेको पानी नसुकेको कारण शनिबारबाट मात्रै सञ्चालनमा आउने भएको हो । पानी नसुकेपछि विराटनगरमा रोकिएकोका बुद्व र श्री एयरका दुई वटा खाली विमान काठमाडौं पठाएको हो ।विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार विमानस्थलको धावनमार्गमा तीन फिटसम्म पानी जमेको थियो ।
शुक्रबार बेलुका सम्ममा पानी सुकाएर धावनमार्ग सफा गरि,पानीमा डुबेका उपकरणको परिक्षण गरेपछि उपकरणमा केही समस्या नभए पछि शनिबार विहान देखि उडान सञ्चालन प्राधिकरणको तयारी रहेको छ ।



