समाजसिके राउत विरूद्व जनकपुरमा प्रदर्शन

सिके राउत विरूद्व जनकपुरमा प्रदर्शन

काठमाडौ : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) विरुद्ध प्रदर्शन भएको छ ।

‘सिके चोर, देश छोड’ नारासहित जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै सडक प्रदरशन जस्ता कुरा गर्दै प्रदर्शन गरेका छन् ।

सिके राउत नेतृत्वको कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको विरोधमा उनीहरु विरोध प्रदर्शन गरेका छन् ।

नेपाल इन्जिनियर ,एसोसिएसन नेपाल राष्ट्रिय ईन्जिनियर संगठन , निजामती नेशनल इन्जिनियर्स एसोसिएन नेपाल , नेपाल तराई र समाज मधेसी डेक्रोटिभ सोसाइटी संयुक्त रूपमा प्रदर्शन भएको हो ।

त्यस्तै विभिन्न संगठनले साथै जनता समाजवादी पार्टी नेपालको विभिन्न भातृत्री संगठनले कार्वाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img