प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताब पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थागित भएको छ । ७ गते आइतबार दिउँसो १२ बजेका लागि प्रदेश सभा बैठक बोलाएको छ ।
यश अघि हिजो बिहीबार वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको मत लिन राखेको प्रस्ताव माथि प्रक्रिया सुरू भएर १० गते मतदान हुने गरि प्रदेश सभा बैठक स्थगित भएको थियो ।
सभामुख प्रदीप कुमार भण्डारीले विश्वासको मत सम्बन्धि प्रस्ताव माथि छलफल भयो र मत विभाजन ७ गते आइतबार हुने जानकारी दिनुभएको छ ।



