मौसमआज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव छ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।शनिबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने छ। बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा भने उल्लेखनीय प्रभाव नरहने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img