देशकोशी प्रदेशइटहरीमा विश्व थाइराड दिवसको अवसरमा निःशुल्क रक्त परिक्षण शिविर सम्पन्न
spot_img

इटहरीमा विश्व थाइराड दिवसको अवसरमा निःशुल्क रक्त परिक्षण शिविर सम्पन्न

सुनसरी: इटहरी २ बरगाछिमा एकदिने निःशुल्क रक्त परिक्षण शिविर जाँच सम्पन्न भएको छ ।

विश्व थाइराड दिवसको अवसर पारेर बरगाछिको उपकार मेडिसिन सेन्टर र चाहाना बचत तथा ऋण सहकारी संस्था तरहराले आयोजजा गरेको निःशुल्क रक्त परिक्षण शिविर थाइराइड हर्मोन , सुगर , प्रेसर जाँच सम्पन्न भएको छ ।

उपकार मेडिसिन सेन्टरमा ४ सय २८ जनाले सेवा लिएका छन भने चाहाना बचत तथा ऋण सहकारी संस्थामा २ सय ६४ जनाले सेवा लिएका छन् । सो सेवा इटहरीका बासिन्दाहरूले लिएका छन् ।

आगामी दिनहरुमा पनि विभिन संघ सस्थाहरु सँग समन्वय गरि आर्थिक कारणले स्वस्थ्य सेवा लिन बाट बन्चित जनताहरु लाई लक्षित गर्दै विभिन्न खाले स्वास्थ सेवा प्रधान गर्ने उपकार मेडिसिन सेन्टरका सञ्चालक कुलबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img