Friday, January 17, 2025
मौसमआज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आगामी २४ घण्टामा देशका चारवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ।

विभागका अनुसार कोशी, मधेश, वागमती र सुदूरपश्‍चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही स्थानमा भने हावाहुरीको सम्भावना देखिएको छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

देशभर पश्‍चिमी निम्‍न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको विभागको भनाइ छ। हिजो राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्‍चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। मधेश, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको जोखिम पनि देखिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img