काठमाडौं । न्यायपालिका सुधारका लागि निकास दिनुपर्ने भन्दै कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।
सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो ।न्यायापालिकामा बसेर सुधार गर्न नसकेकाे बारको बैठकमा छलफल भएको छ । छलफलमा न्यायालय सुधारको विकल्पमा प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भनिएको छ ।
यसबारे थप औपचारिक निर्णय गर्न भोलि मंगलबार बैठक बस्ने निर्णय भएको छ । देउवा सरकारमा मन्त्री भागबन्डाको विवादले अन्ततः प्रधानन्यायाधीशको राजीनामा माग गरिएको छ ।
यसअघि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग नगरेको बताए पनि सोमबारको आकस्मिक बैठकले अब त्योभन्दा अर्काे विकल्प नभएको निर्णय गरेको छ ।भोलि मंगलबार बारले प्रधानन्यायाधीशबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ ।



