देशबागमती प्रदेशबागमती प्रदेश सभाः बजेटमाथिको छलफलमा सत्तापक्ष नै अनुपस्थित

बागमती प्रदेश सभाः बजेटमाथिको छलफलमा सत्तापक्ष नै अनुपस्थित

मकवानपुर: केन्द्र सरकारदेखी स्थानीय सरकारसम्म अहिले बजेट बारे नै चर्चा छ र बजेटमै जनप्रतिनिधिहरु ब्यस्त छन् । तर बागमती प्रदेशमा भने सत्तापक्षकै प्रदेश सभा सदस्यहरु आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमाथि छलफलका लागि बोलाइएको बैठकमा दोस्रो दिनमा पनि अनुपस्थित भएका छन् । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमाथि छलफल सकेको छैन ।

बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका सांसदहरु उपस्थित नभएपछि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । दिउँसो १ बजे पनि बस्न नसकेपछि दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । ३ पटक स्थगित भएको बैठक साँझ ५ बजे बैठक सुरु भएको थियो । सत्ता पक्षका ५ जना मन्त्रीहरु र ३ जना सांसद उपस्थित भएपछि सभामुख भुवन कुमार पाठकले बैठक सुरु गर्न निर्देशन गरेका थिए । उक्त बैठकमा सत्तापक्षनै अनुपस्थित भएको भन्दै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक अवरुद्ध गर्‍यो ।

सभामुख पाठकले राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धप थापालाई बोल्न समय दिएका थिए । नेता थापाले प्रदेश सरकारले ल्याएको बजेटमा विभेद भएको आरोप लगाए । अहिलेको बजेट एकतर्फीरुपमा आफ्नो क्षेत्रमा नेतृत्व गरेको मन्त्रीहरुको ठाउँमा असमान ढङ्गबाट बजेट हाल्ने काम भएको उनले बताए । काठमाडाँैमा खानेपानीको अभाव भएको तर प्रदेश सरकारले कुनै चासो नदिएको उनको धारणा थियो ।

बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्ष र अन्य दलहरुले बागमती प्रदेश सरकारले ल्याएको बजेट मुख्यमन्त्री, अर्थमन्त्री, भौतिक पुर्वधार विकासमन्त्री र सामाजिक विकास मन्त्रीको क्षेत्रमा मात्र बजेट थुपार्ने काम भएको आरोप लगाएका छन् । प्रतिपक्षी र अन्य दलहरुले प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट विनियोजन हुनु पर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img