सुनसरी / प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलन गरिरहेका प्रदेशको नाम पुनः संशोधन गर्न माग गर्दै आन्दोलनरत पक्षले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेपछि आजको लागि निर्धारित वार्ता स्थगित भएको हो ।
सरकारले संघर्ष समिति र अन्य दललाई एकै पटक एकै स्थान र समयमा वार्ताकालागि बोलाएको भन्दै संघर्ष समितिले सरकारी टोलि वाहेक अन्य टोलिसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।
प्रदेश सरकारका वार्ता टोलीका संयोजक खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोले वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता नबस्ने निर्णय भएको बताए।