Thursday, July 17, 2025
देशकोशी प्रदेशइटहरी उपमहानगरपालिको आर्थिक बर्षको बजेटका प्रमुख आकर्षणहरु

इटहरी उपमहानगरपालिको आर्थिक बर्षको बजेटका प्रमुख आकर्षणहरु

spot_img

सुनसरी : इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा आर्थिक बर्ष २०८०/८१ बजेटका प्रमुख आकर्षणहरु सार्वजनिक गरिसकेको छ ।

आइतबार नगरको १३ औं अधिवेशनले दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले प्रस्तुत गरेकी हुन् । इटहरीमा २० वटा वडा रहेका छन् ।

- Advertisement -

धरान विराटनगर कोशी लोकमार्ग अन्तर्गत इटहरीको मुख्य बजार क्षेत्र भित्र बिराटनगर लाईन र धरान लाईनमा २ वटा आकाशे पुल निर्माण गरिने , ६ वटा विद्युतिय बस खरिद गरि नगर बस सञ्चालन गरिने , इटहरीबासी नागरिकको स्वास्थलाई विशेष ध्यान दिदै २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने आगामी वर्षको बजेटमा प्रस्तुत गरिएको छ ।

इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्ने , इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण ( एम आर आई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटर सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालन गरिने , प्रत्येक सामुदायिक विद्यालयमा सिसिटिभी तथा इ हाजिरी जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा एक विशेष अवलोकन कक्ष निर्माण गरिने आगामी बजेटमा प्रस्तुत गरिएको छ ।

सहरका सबै खाल्डाखुल्डी पुर्न इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिद गरि सञ्चालनमा गरिने ,उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिट लाईट जडान गर्ने ,स्वस्थ इटहरी कार्यक्रम अन्तर्गत इटहरी वासीहरुलाई निशुल्क सेवा उपलब्ध गराउनका लागि दुई वटा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याइने ,सडक पूर्वाधारको उचित संरक्षण, मर्मत सम्भार र सुरक्षा गरी सहज सवारी आवागमनको सुनिश्चित गर्ने ,ट्याङ्ग्रा डाइभर्सन गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइने ,इटहरीको सीमा तथा नगरभित्र भएर बग्ने बुढी, ट्याङ्ग्रा, खेती, सुकुमारी, मुढा, हक्रा, खर्सला, पानीपिया, सेरा लगायतका अन्य खोला, पैनी, खहरे आदिले वर्षायाममा इटहरी डुवानमा पर्ने भएकोले सघ, प्रदेशसँग समन्वय एवं सहकार्य गरी गुरुयोजना बमोजिम बाढी र डुवान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई निर्न्तरता दिईने , इटहरी बजार क्षेत्रमा ट्याङ्ग्रा खोलाले वर्षायाममा डुवान/कटान गर्ने समस्याको दीर्घकालीन समाधानका लागि गुरूयोजना तयार भइरहेको र सो खोलालाई बुढी खोलामा स्थानान्तरण (डाइभर्सन) कार्य अगाडी बढाइने जस्ता विषय बजेटमा ल्याइने इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img