सुनसरी : कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगर्त सरकार गठनको आव्हान गरेका हुन् । धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ ।
यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका थिए ।
कार्की गत पुस २५ मा संविधानको धारा १६८ को उपधारा (२) को अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
तर, माओवादी र जसपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमुक्त भएका हुन् ।



