Saturday, July 19, 2025
देशकोशी प्रदेशधरान उपमहानगरले फेरि राख्यो पानीपियामा सिमा प्रारम्भको बोर्ड

धरान उपमहानगरले फेरि राख्यो पानीपियामा सिमा प्रारम्भको बोर्ड

spot_img

सुनसरी : धरान उपमहानगरपालिकाले तरहराको पानीपियामा फेरि सिमा प्रारम्भको बोर्ड राखेको छ ।

धरान उपमहानगर प्रमुख हर्क साम्पाङको निर्देशन अनुसार नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएर राखेको हो । दुई उपमहानगरको विवाद कायम रहेकै बेला कुनै छलफल तथा सवांद नराखी धरानले बोर्ड राखेको हो ।

- Advertisement -

केही महिना अघि धरानले यहि ठाउँमा बोर्ड राख्दा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ इटहरीले बोर्ड उखालेर लगिएको थियो । प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सिमा भएको भन्ने भ्रम सृर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका थिए ।

सुरुमा सिमा बोर्ड राख्दै गर्दा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार बोलाएर प्रेम वक्तव्य नै सार्वजनिक गरेका थिए भने मेलमिलापबाटै जान सकिनै भन्दै धरानलाई पत्रचार गरेका थिए ।

इटहरी र धरान प्रहरीले आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारी र पारी राखेको थियो । यद्यपि सिमा भने सेउती खोलालाई नै मानिदै आएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img