Saturday, July 19, 2025
देशकोशी प्रदेशधरान उपमहानगरले पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरले हटायो

धरान उपमहानगरले पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरले हटायो

spot_img

सुनसरी : धरान उपमहानगरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरपालिकाले हटाएको छ ।

इटहरी उपमहानगरपालिकाका नगरप्रहरीहरु गएर बोर्ड हटाएका हुन् । धरानले बोर्ड बिहान राखेको थियोे भने केही घण्टामै इटहरीका नगरप्रहरीहरुले बोर्ड हटाइदिएका हुन् ।

- Advertisement -

यस पटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने भएको छ । यसअघि पनि इटहरीको सेउती पुल छेउको बोर्ड हटाएर धरानले पानीपियामा बोर्ड राखेको थियो भने बदलामा इटहरीको युवा संघले धरानको बोर्ड उखेलेको थियो ।

धरानले आफ्नो सीमा इटहरीको पानीपियालाई मान्दै आएको छ भने इटहरीले सेउती पुलसम्म सीमा मान्दै आएको छ । दुवैबिचको विवाद उपमहानगरपालिका बनेपछि सुरु भएको छ ।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले यस विषयमा दुवै नगर प्रमुख बिच वार्ता गर्न आग्रह गरेका छन् ।
सुरुमा सिमा बोर्ड राख्दै गर्दा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार बोलाएर प्रेम वक्तव्य नै सार्वजनिक गरेका थिए भने मेलमिलापबाटै जान सकिनै भन्दै धरानलाई पत्रचार गरेका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img