अर्थ व्यापारसुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं। थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन भएको पुष्टि भएको हो ।

भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

थाई नागरिकले उक्त वस्तु सुन भएको बताएका थिए । आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img