राजनीतिनेपाली काङ्ग्रेसको महाधिवेशन मङ्सिर अन्तिम

नेपाली काङ्ग्रेसको महाधिवेशन मङ्सिर अन्तिम

काठमाडौ : नेपाली काङ्ग्रेसको पटक पटक सर्दै आएको काङ्ग्रेसको १४ अौँ केन्द्रीय महाधिवेशन अाँउदो मङ्सिरको अन्तिम सातामा गरिने भएको छ ।

पुर्व निर्धारित मङ्सिर नौँ देखि तेह्र गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले अाँउदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताब गरेको छ ।

निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिर भित्रै महाधिवेशन सक्ने गरि कार्यतालिका तयार पारेको जानकारी दिनुभएको छ ।

कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ । यशका साथै पार्टीले प्रदेश अधिवेशनअघि नै सबै जिल्लामा जिल्ला अधिवेशन गरिने जनाएको छ ।

धेरैजसो जिल्लामा मङ्सिर १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न हुने अवस्था रहेको जानकारी समितिका संयोजक यादवले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img