काठमाडौं : आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको अनुसार उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए ।जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा यसरी हेर्न सकिने छ वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिने छ ।



