सुनसरी : विराटनगरमा विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको बसले रानी–विराटनगर सडकखण्डअन्तर्गत विराटनगर महानगरपालिका १३ मा साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थी बोकेर रानीबाट विराटनगरतर्फ आउँदै गरेको बसले सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । दुर्घटनामा मोरङको रंगेली नगरपालिका १ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको छ ।
ठक्करबाट श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।



